गल्याङ, ३१ जेठ । स्याङजा जिल्लाकाे गल्याङ बजार शुक्रबारदेखि एकसाता पूर्ण रुपमा बन्द गरिएको छ ।
समुदायमा कोरोना संक्रमण फैलन नदिने उदेश्यसहित एकहप्ताका लागि बजार बन्द गरिएको हो ।
गल्याङ नगरपालिकाको क्वारेन्टाइनमा बस्नेसँगै समुदायका व्यक्तिमा समेत कोरोना संक्रमण देखिएपछि नगरपालिकाले एक साताका लागि बजारपूर्ण रुपले बन्द गरिएको हो ।
भारतबाट आई गल्याङ बहुमुखी क्याम्पसको क्वारेन्टाइनमा बसेका १६ नागरिकसँगै २ जना सरसफाइकर्मी कर्मचारीमा शुक्रबार संक्रमण पुष्टि भएपछि नगरपालिकाले चासो बढाएकोे छ ।















प्रतिक्रिया