
काठमाडौं, ३० जेठ । लक डाउन खुकुलो बनाउने क्रममा शुक्रबारदेखि जोर बिजोर प्रणालीमा नीजि सवारी साधन चलाउने अनुमति सरकारले दिएको छ । शुक्रबार जोर नम्बरका सवारी मात्र चलाउन पाउने नियम मिच्ने झन्डै तीन सय बिजोर सवारी साधनलाई बिहान १० बजेसम्मा महानगरीय ट्राफिक प्रहरी महाशाखाले कारबाही गरेको छ ।
महाशाखा प्रमुख प्रहरी बरिष्ठ उपरिक्षक भिमप्रसाद ढकालका अनुसार नियम मिचेर आएका सवारीलाई कारबाही गरिएको छ । कोरोना भाइरस संक्रमण रोकथामका लागि बन्दाबन्दीको अवस्था खुकुलो बनाउने क्रममा सरकारले जोरबिजोर प्रणाली लागु गरेको थियो ।











प्रतिक्रिया