शुक्रबार, १४ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, १४ वैशाख २०८१

यौन सम्पर्क गर्दा मास्क लगाउन सुझाव

दैनिक नेपाल २०७७ जेठ ३० गते ७:४४

न्युयोर्क । अमेरिकाको न्युयोर्कमा कोरोना महामारीको अवधिमा यौन सम्पर्क गर्दा मास्क लगाउनुपर्ने भन्दै आफ्नो गाइडलाइन अपडेट गरेको छ ।

न्युयोर्कका स्वास्थ्य अधिकारीहरूले यसअघि सबैलाई सेक्स पार्टनरसँग सुरक्षित रहने बताएका थिए । गाइडलाइन अपडेट गर्दै टाढा रहेका जोडीहरूलाई भेट्ने क्रममा मास्क लगाएर मात्रै यौन सम्पर्क गर्न सुझाव दिएका हुन् ।

यौन सम्पर्कको अवधिमा कोरोना भाइरस सर्नसक्ने भन्दै सचेत गराउन यस्तो सुझाव दिइएको बताइन्छ । ‘अनुहार छोप्ने मास्क लगाउनू, यौन सम्पर्कको अवधिमा नाक, मुख छोप्नु वा मास्क लगाउनु उचित हुन्छ । यद्यपि यो तपाइँको व्यक्तिगत कुरा हो’, गाइडलाइनमा उल्लेख छ ।

यौन सम्पर्कको अवधिमा लामो स्वास फेर्दा वा अंकमाल गर्दा कोरोना भाइरस सर्नसक्ने भन्दै न्युयोर्कका स्वास्थ्यकर्मीहरूले गाइडलाइन मार्फत सुझाव दिएका हुन् । यस्तै महामारीका बेला यौन सम्पर्कको बेला यौन सम्पर्कमा पनि सिर्जनात्मक हुन गाइडलाइनले सुझाव दिएको छ ।

गत महिना इंग्ल्याण्डमा रात काट्ने गरी बाहिर जानु र अरुसँग यौन सम्पर्क गर्न नपाइने भन्दै कानून नै लागु गरेको थियो । यसअघि अमेरिकाकाे न्युयाेर्क टाइम्सकाे एक रिपाेर्ट अनुसार याैन सम्पर्ककाे क्रममा काेराेना भाइरस सर्दैन । तर चुम्बन गर्दा सर्नसक्ने तथ्य पुष्टि भएकाे छ ।

प्रतिक्रिया
सम्बन्धित