
काठमाडौं, २९ जेठ । कोरोना लागेर भरतपुर अस्पतालमा मृत्यु भएका बृद्धका ज्वाईँ र आइसियूमा रहेका बिरामीमा कोरोना संक्रमण नदेखिएको पुष्टि भएको छ ।
भरतपुर महानगरपालिका वडा नं. ११ का वृद्धको मंगलबार बिहान अस्पतालको आइसियूमा मृत्यु भएको थियो । श्रीमतीसहित छोरी ज्वाईँको घरमा बसेका वृद्धलाई उपचारका लागि भरतपुरको नारायणी सामुदायिक अस्पताल लगिएको थियो ।
कोरोना संक्रमित वृद्धसँगै नारायणी सामुदायिक अस्पतालको आइसियूमा रहेका अन्य चार जना बिरामीको समेत कोरोना परीक्षण रिर्पोट नेगेटिभ आएको छ ।











प्रतिक्रिया