
काठमाडौं, २९ जेठ । कोरोना भाइरसको महामारीका कारण लक डाउनलगायतका समस्यामा परेका विदेशमा अलपत्र नेपाली उद्दारको देश र समयतालिका सरकारले तयार पारेको छ ।
नेपाल एयरलाइन्स, हिमालय एयरलाइन्स र विदेशी एयरलाइन्सले नेपालीको उद्दार गर्नेछन् । विहीबार कुवेतमा अलपत्र रहेका तीन सय जनालाई नेपाल फर्काइँदैछ । कुवेतमा आममाफी पाएर आश्रय क्याम्पमा बसिरहेका महिलालाई कुवेतले काठमाडौं ल्याइदिन लागेको हो । एउटा फ्लाइट साढे ११ बजे र अर्को फ्लाइट दुई बजे पठाएर दुईवटा जहाज मार्फत नेपाली ल्याइनेछन् ।
पर्यटन मन्त्रालयका अनुसार नेपाल एयरलाइन्सको २४ र हिमालय एयरलाइन्सको १९ उडान हुनेछन् । साथै २४ वटासम्म विदेशी उडान पनि हुनेछन् ।
बंगलादेशको ढाकाबाट १४ जुनमा दुई वटा फ्लाइट छन् । विदेशी जहाजको उडान हुनेछ । १५ जुनमा नेपाल एयरलाइन्सले माल्दिभ्सको माले र क्वालालम्पुरबाट नेपालीहरुलाई ल्याउने छ । सोही दिन हिमालय एयरलाइन्सले साउदी अरब र सिंगापुरका नेपालीहरुलाई ल्याउने छ ।
१६ जुनमा युएई र कतारबाट नेपाल एयरलाइन्स कुवेत र श्रीलंका र मालेबाट हिमालय एयरलाइन्सले नेपालीहरुलाई स्वदेश ल्याउने तयारी भएको पर्यटन मन्त्रालयले जारी गरेको तालिकामा उल्लेख छ ।
१७ जुनमा अष्ट्रेलिया, बैंकक र बहराइनबाट नेपाल एयरलाइन्सको उडान हुने छ । हिमालय एयरलाइन्सले बंगलादेश र कतारबाट उडान भर्ने छ । १७ जुनमा अमेरिकाबाट एक विदेशी एयरलाइन्सको पनि उडान हुनेछ । १८ जुनमा नेपाल एयरलाइन्सले साउदी र युएईका नेपालीहरुलाई काठमाडौं ल्याउने छ । सो दिन हिमालय एयरलाइन्सले क्वाललम्पुर र मस्कटबाट उडान भर्ने छन् ।
१९ जुनमा जापान र कुवेतबाट नेपाल एयरलाइन्सले तथा साउदी र नाइजेरीबाट हिमालय एयरलाइन्सले उडान गर्ने छन् । २० जुनमा साइप्रस, क्वालालम्पुर र कतारबाट नेपाल एयरलाइन्सका तीन उडान हुनेछन् । २० जुनमा नै हिमालय एयरलाइनसले युएई र बंगलादेशबाट नेपालीहरुलाई ल्याउने छ । सोही दिन ईयूको एउटा फ्लाइट हुने पर्यटन मन्त्रालयको तालिकामा उल्लेख छ ।
२१ जुनमा दक्षिण कोरिया र मस्कटबाट नेपाल एयरलाइन्सको उडान हुनेछ, कुवेत र क्वालालम्पुरबाट हिमालय एयरलाइन्सले उडान भर्नेछ । २२ जुनमा अष्ट्रेलिया र बैंककबाट नेपाल एयरलाइन्सको तथा पाकिस्तान र कतारबाट हिमालय एयरलाइन्सको उडान हुने छ ।
२३ जुनमा जापानको नारिता र मालेबाट नेपाल एयरलाइन्सको तथा युएई र युगान्डाबाट हिमालय एयरलाइन्सको उडान हुने तालिकामा उल्लेख छ । २४ जुनमा नेपाल एयरलाइन्सले साउदी र कुवेतका नेपालीहरुलाई उद्धार गर्ने छ । २५ जुनमा नेपाल एयरलाइन्सको वाइड बडीले जापानका नेपालीलाई उद्धार गर्दा हिमालय एयरलाइन्सले साइप्रस÷इजरायलबाट उडान गर्ने छ ।
८५ प्रतिशत यात्रु भएको खण्डमा मात्र उडान हुनेछन् । जहाजमा नेपाल आउन चाहने यात्रुले आरडिटी वा पिसीआर रिपोर्ट नेगेटिभ आएको देखाउनुपर्नेछ । विदेशबाट उद्धार गरिने नेपालीहरुलाई होटल क्वारेन्टिनमा राख्ने सरकारको नीति छ ।











प्रतिक्रिया