
–शिवजी श्रेष्ठ
प्रत्येक जेठ २९ सँगै म बिस २०४९ सालमा बर्दियाका सुकुम्बासी समस्या समाधानार्थ शैलजा आचार्यसँग गएका ति दिन र क्षणहरू सम्झने गर्छु । त्यसबखत बर्दिया जिल्ला बामपन्थी पकड लाल किल्ला मात्र हैन कि बर्दियाको लाल किल्ला भित्रको पनि जंगलको बीचमा रहेको कान्दहारमा पेरिस कम्युन कै मोडेलमा तत्कालिन नेकपा एमालेको अग्रसरतामा राज्यको उपस्थितिलाई शुन्य बनाउँदै सुकुम्बासीको नाममा जंगल फडानी गरेर आफ्नै कानुन लागु गरेका बसेका थिए ।
शैलजा आचार्य भर्खरै कृषि मन्त्रालय अन्तर्गत भ्रष्टाचार छ भन्ने अभिव्यक्ति संसदमा दिएपछि सरकारलाई परेको अप्ठेरोमा आफूले बोलेको कुरामा माफी माग्न तत्कालिन प्रधानमन्त्रीलगायतबाट दबाब आउँदा ‘आफूले बोलेको कुरा सत्य भएकोले बरु मन्त्री पदबाट राजीनामा दिन्छु तर माफीचाहिँ माग्दिन’ भन्दै राजीनामा दिएको केही समयपछि सुकुम्बासी समस्या समाधान आयोगको अध्यक्ष बन्नु भएको थियो ।
जब हामी बर्दिया पुग्यौं, शैलजा दिदीले त्यहाँको प्रहरी प्रशासनलगायत नेपाली कांग्रेसका स्थानीय नेताहरूसँग स्थानीय सुकुम्बासी समस्याको बारेमा छलफल गर्दा समस्या बिकराल रहेको तर राजनीतिक रुपमा बढि निर्देशित रहेको बताउदै कान्दहार क्षेत्रमा त झन् जानै नसक्ने र जाने हुदैन भन्ने जिकिर गरे । उहाँहरूको कुरा सुन्दा राज्य प्रशासनको शून्य उपस्थिति रहेको र केही समय अगाडि त्यस क्षेत्रमा प्रहरी प्रशासन जाने प्रयास गर्दा प्रहरीले लगेको डोजर नै सुकुम्बासीले कब्जामा लिएको र अहिलेसम्म पनि फिर्ता ल्याउन नसकेको दृष्टान्त दिँदै त्यस क्षेत्रमा जाने कुरै नसोच्न सुझाइरहेका थिए । तर शैलजा दिदी उहाँहरूको कुरामा सहमत हुनु भएन । उल्टै जनताको राजनीति गरेर आएको मान्छे जनताकै बीचमा जान किन डराउने ? म सुकुम्बासीको कुरा सुन्न चाहन्छु र सके उहाँहरूको समस्या समाधान गर्न पनि, तपाईहरू कोही आउनु पर्दैन, त्यहाँ जानको लागि मलाई प्रहरी प्रशासन पनि चाहिदैन भन्नुनभयो । तब भोलिपल्ट बिहानै राज्यको उपस्थिति नभएको र पेरिस कम्युन जस्तो सुकुम्बासीको आफ्नै राज्य रहेको कान्दहारमा सुकुम्बासी आयोगको गाडीमा हामी प्रस्थान गर्यौं ।
शैलजा दिदी त ढुक्क हुनुहुन्थ्यो तर हाम्रो मनभित्र भने ‘अब के होला?’ भन्ने अनिश्चितताले डेरा जमाएको थियो, दिदीको अगाडि केही बोलौं भने, मलाई पनि ठाडै ‘भो तिमी पनि आउनु पर्दैन’ भन्नुहोला भन्ने डर । जसै हामी कान्दहारको पेरिस कम्युन (सुकुम्बासी बस्ती)मा पुग्न आँटेका थियौं, एक्कासी चारैतिरबाट हज्जारौको संख्यामा नारा लगाउदै घेर्न आइपुगे । हिजो साँझ प्रहरी प्रशासन र स्थानीय नेताहरूले जे भनेको थियो त्यहि प्रमाणित पो हुन लाग्यो । कसै कसैले ‘फर्केर जा’ भन्दै गाडीमा डांग डांग डुंग डुंग हान्न पनि थाले, हामी त झस्कियांै ,तब शैलजा दिदी गाडीबाट ओर्लिनु भो, अनि ठूलो स्वरले भन्नु भो– तपाईहरू धैर्य गर्नुहोस्, म तपाईहरूकै कुरा सुन्न काठमाडौँदेखि आएको छु ।
बाटोभरी दिदी बडो प्रफूल्ल मुद्रामा हामीसँग कुरा गर्दै हुनुहुन्थ्यो, उहाँ बेला बेलामा भन्नुहुन्थ्यो, हामीले ब्यबस्था बदल्यौं, तर जनताको अवस्था बदल्नु बाँकी छ । बाटोमा हिजो साँझ उहाँलाई रोक्न खोज्नेहरू बारे कुरा गर्दै रिसाउदै हुनुहुन्थ्यो । प्रहरी प्रशासन भन्दा पनि स्थानीय कांग्रेसी नेताहरूसँग उहाँ खुशी हुनु हुन्थेन, प्रशासनको कुरा फरक हो, तर जनताको राजनीति गर्छु भन्नेहरूको सोच त त्यस्तो हुनु भएन नि भन्ने उहाँको तर्क थियो
भिड अलिक शान्त भयो, अनि दिदीले आफ्नो इतिहासदेखि प्रजातन्त्रको लडाईको यात्रा सहित तपाईहरूकै लागि भनेर राजनीतिमा लागेको आज यो अबस्था देख्दा ग्लानी महसुस भएको छ भन्दै आफ्नो कुरा भन्न थाल्नु भो, हेर्दाहेर्दै सबै शान्त भएर दिदीको कुरा सुन्न पो थाले । एकछिन पछि त ति सुकुम्बासी दिदीबहिनीले शैलजा दिदीलाई अँगालो मारेर रुँदै आफ्ना व्यथा सुनाउन थाले, रुवाई यसरी बढ्दै गयो कि त्यहाँ भएका दिदीबहिनीहरू आफ्नो व्यथा पोख्दै रुन थाले, हुँदा हँुदा दिदीले पनि आफुलाई थाम्न सक्नु भएन र भक्कानिएर आफै पो रुन थाल्नु भो । हेर्दाहेर्दै स्थिति त अर्कै भएर आयो, दिदीले सबैको कुरा सुन्नु भयो साथै सबै बस्ति निरीक्षण पनि गर्नु भो, अनि जसरी पनि तपाईहरूलाई जग्गा दिलाउछु, समस्या समाधान गर्छु भनेर प्रतिज्ञा गर्नु भो र सबैसँग बिदा माग्न थाल्नु भो । तर उहाँलाई त सबैले समातेर अझै केही समय बस्नुस् न हजुर भन्दै रोक्न पो थाले, अघि आउँदा रोक्न खोज्नेहरू अब जान रोक्ने भए ।
दिदी एकछिन फेरि बस्नु भयो अनि सबैसँग हात हल्लाउदै बिदा भएर गाडीमा चढ्नु भयो, गाडीमा पनि झ्यालको शिशा खोलेर सबैले भिडाम्भिड गरेर उहाँको हात समाउदै हसिलो मुहारमा कुरा गर्न थाले। साँझ हुन लागेकोले एकछिनमा जब गाडी अगाडि बढ्यो, सबैसँग दिदीले बिदाईको हात हल्लाउदै मिल्यो भने चाडै आउँछु भन्नुभयो ।
बाटोभरी दिदी बडो प्रफूल्ल मुद्रामा हामीसँग कुरा गर्दै हुनुहुन्थ्यो, उहाँ बेला बेलामा भन्नुहुन्थ्यो, हामीले ब्यबस्था बदल्यौं, तर जनताको अवस्था बदल्नु बाँकी छ । बाटोमा हिजो साँझ उहाँलाई रोक्न खोज्नेहरू बारे कुरा गर्दै रिसाउदै हुनुहुन्थ्यो । प्रहरी प्रशासन भन्दा पनि स्थानीय कांग्रेसी नेताहरूसँग उहाँ खुशी हुनु हुन्थेन, प्रशासनको कुरा फरक हो, तर जनताको राजनीति गर्छु भन्नेहरूको सोच त त्यस्तो हुनु भएन नि भन्ने उहाँको तर्क थियो ।
जसै हामी बर्दियाको सदरमुकाम गुलरियाको गेष्ट हाउसमा पुग्यौं, हिजोका स्थानीय नेताहरू आइपुगिहाले, उनीहरू बडो उत्सुक थिए त्यहाँ के भयो होला ? बिरोध अनि अभद्र ब्यबहार भयो कि ? तर दिदीले उहाँहरूलाई देख्ने बित्तिकै यसरी झम्टिनु भयो कि, सिधै भन्नु भो– भयो छाड्नुस राजनीति, जसको जनतासँग जाने हिम्मत छैन भने । खै त ? हामीलाई जनताले स्वीकारे, आफ्नो कुरा सुनाए, किनकी हामी सुन्न गयौं, जब जनताको कुरा नसुनी उनीहरूप्रति पूर्बग्राही भइन्छ तब उनीहरूलाई अरुले प्रयोग त गर्छन् नि । अनि जनताबाट आफै टाढा पनि भइन्छ ।
ती स्थानीय नेताहरू चुप रहे ।

२ दिन बर्दिया बसेर नेपालगंज हुदै हामी काठमाडौँ फर्कियां ै। काठमाडौँ फर्किने बित्तिकै उहाँले ती कान्दहारका सुकुम्बासीहरूलाई जग्गा दिलाउन प्रधानमन्त्री गिरिजाबाबुलाई कन्भिन्स गर्नु भो र मन्त्री परिषदमा प्रस्ताब पठाउने व्यबस्थाको तयारीमा लाग्नु भो, उहाँलाई कतिपय कुरामा बन, भूमिसुधार, गृहमन्त्रीलाई भए सरहको अधिकार सम्पन्न अध्यक्ष बनाइएको थियो । तर प्रस्ताब पेश गर्ने बेलामा भने ती सुकुम्बासीलाई बस्न दिने तर लालपुर्जा नदिने किसिमको प्रस्ताब तत्कालिन मुख्यसचिवले पेश गराएर पारित पनि गराउनु भएछ ।
आफ्ना सन्तान राजनीतिमा प्रभावशाली हुन नसकेका तर आफ्ना सम्पूर्ण जीवन अनि सम्पति अर्पेका चाहे सुबर्ण शमशेर होस् वा राम नारायण मिश्र, निलाम्बर पन्थी होस् वा भरतबाबु सीके प्रसाई, बल बहादुर राइ होस् वा भिम बहादुर तामाङ, जगन्नाथ आचार्य होस् वा शेख इद्रिस । कसको पो सम्झना गरिन्छ र ? लिला, ठगि, केशब, भीमनारायण अनि क्याप्टेन यज्ञबहादुर थापा, राम–लक्ष्मण अनि थिर बम मल्लहरूलाई पार्टीले नसम्झिएको त बर्षौ भैसक्यो
यता दिदी सुकुम्बासीलाई बचन दिएअनुसार नै लालपुर्जा सहित जग्गा दिन चाहनु हुन्थ्यो र प्रधानमन्त्री र सम्बन्धित मन्त्रीहरूसँग कुरा गरेर कन्भिन्स गराइसक्नु भएकोले त्यहीअनुसार हुने कुरामा ढुक्क हुनुहुन्थ्यो । तर मुख्यसचिबले प्रस्ताब त्यसरी प्रस्तुत गरेर पारित भएको सुन्ने बित्तिकै तुरुन्तै फोनमा मुख्य सचिबलाई जुन शब्द भन्नुभो– मुख्यसचिव जी, तपाई तीसौंै बर्ष जागिर खाएर उच्च प्रशासक हँुदा जताततै पर्याप्त जग्गा जोड्नु भएको होला, तर मैले भेटेर आएका ती सुकुम्बासीलाई शीत छल्ने छहारी बनाउने एक टुक्रा जग्गा पनि छैन, कमसेकम उनीहरूप्रति जवाफदेही बन्नुस्, हामीलाई कमजोर बनाउदै आफू जिम्मेवार हुन सक्नुहुन्न भने तपाई आफैं जिम्मेवारीबिहिन हुन पनि तयार हुनुहोला नि !
ढ्याक्क फोन राखिदिनु भो । दिदी बडो आक्रोशित हुनुहुन्थ्यो र प्रशासनको काम गर्ने तौरतरिका देखेर दिक्क मानिरहनु भएको थियो । तब त्यसरी फोन राख्नु भएको १ घण्टाभित्रै उहाँले पठाउनु भए जसरी नै बर्दियाका सुकुम्बासीहरूले कानुनत जग्गाको लालपुर्जा सहित हकभोग गर्न पाउने ब्यबस्था सहितको प्रस्ताब पारित भयो । मैले सोचं– यो निर्णय सुनेर उता बर्षौ बर्ष पिल्सिएका ती कान्दहारका सुकुम्बासीहरूले जनताको मर्म बुझ्ने शैलजा दिदीको कति जयजय गरे होलान् ।
तिनै जनताको मनमस्तिस्कमा बस्नसक्ने दिदीले यो संसार छाडेको पनि आज ११ बर्ष भइसकेछ । बिस २०१७ सालमा राजा महेन्द्रले दुई तिहाइ बहुमतको नेपाली कांग्रेसको सरकारलाई अपदस्त गर्दै संसदीय ब्यबस्थामाथि नै प्रतिबन्ध लगाएपछि बिस २०१७ साल फाल्गुन ७ गते टुँडिखेलको सैनिक मन्चमा प्रजातन्त्र दिवस मनाइरहेको बेला अन्य युवतीहरू सहित आफूले ओढेको कालो बर्को राजा महेन्द्रलाई बिरोधको स्वरुप देखाएर पक्राउ खाँदै १६ बर्षकै उमेरमा राजनीतिमा प्रवेश गरेकी शैलजा दिदीले जीवन पर्यन्त आदर्शको राजनीति छाड्नु भएन ।
आफ्नै साख्य मामा मात्रीकाप्रसाद कोइराला भन्दा पनि बिमातृ पट्टिका मामा वीपी कोइरालासँग नजिकमा रहेर नेपाली कांग्रेसको राजनीति अगाडि बढाउनु भयो । वीपी कोइरालाले बिस २०३३ सालमा राष्ट्रिय मेलमिलापको नीति लिएर स्वदेश फर्किने ७ जनाको टोलीमा गणेशमान सिंहसहित शैलजा आचार्य पनि हुनुहुन्थ्यो । वीपीले उहाँलाई कतिसम्म नजिक ठान्नुहुन्थ्यो भने ०३३ सालमा जेल पर्दा सबैभन्दा बढि पिर उहाँकै लागेको कुरा आफ्नो ‘फेरि सुन्दरीजल’ भन्ने पुस्तकमा उल्लेख गर्नु भएको छ ।
भारतमा रहदा शैलजा दिदी नेपाल छात्र संघको सभापति हुनुहुदा रामचन्द्र पौडेल सचिब हुनुहुन्थ्यो । वीपीसँग सानिध्यमा रहेर अध्ययन गर्नु भएकोले उहाँ आफूलाई सच्चा समाजवादी मान्नुहुन्थ्यो । बिस २०४८ र ०५१ को निर्वाचनमा सांसद हुदै उपप्रधानमन्त्रीसम्म हुनु भयो, पार्टीको उपसभापति पनि हुनुभयो । तर पार्टीले त्यसबखत (बि स २०६१ पछि) लिएको लाइनबाट उहाँ सन्तुष्ट हुनुहुन्थेन ।
बिस २०४६ सालदेखि २०६१ माघ १९ सम्म उहाँले राजनीतिमा अवसर र अवसान दुवै देख्नु भयो । त्यसपछि उहाँ बिरक्तिन थाल्नु भएको थियो, हुँदा हुँदा भारतको राजदूत भएर जानसम्म तयार हुनुभयो, भलै उहाँको त्यो इच्छा पूरा हुन पनि पाएन । २ बर्षसम्म रोगले गाँज्दै लगेको उहाँ पछि पुरै निराश हुनु थाल्नु भएको थियो, उहाँको बिस २०६६ जेष्ठ २९ गते निधन भयो । उहाँको अन्तिम अबस्था देखेर गिरिजाबाबुले समेत प्रजातन्त्रको लागि ‘शैलजाले धेरै दुख गरिन्, तर मैले उनलाई सहयोग गर्न सकिन’ भनेर पश्चाताप गर्नुहुन्थ्यो रे ।
बि स २०४८ सालमा जनतामा समयमै कृषकहरूलाई कृषि मल पुर्याउन नसक्दा उहाँले संसदको रोष्टममा उभिएर ‘कृषि मन्त्रालयमा भ्रष्टाचारको जालो छ, यसैले भनेको समयमा कृषकमा कृषि मल खरिद गरेर पुर्याउन समेत सकिएको छैन, यस बारेमा संसदले नै छानबिन गरोस्’ भनेर भन्नु भएपछि प्रधानमन्त्री सन्तुष्ट हुनु भएन, न त पार्टी नै । तब उहालाई आफूले बोलेको कुरा फिर्ता लिन दवाब दिइयो, तर उहाँले आफु मन्त्री पद छाड्न तयार छु तर आफुले सत्य बोलेको कुरा फिर्ता लिन तयार छैन भनि राजिनामा नै दिनु भएको थियो । त्यतिखेर उहाँलाई सम्झाउन पार्टी सभापति किसुनजी र गणेशमान जी समेत आफैं लाग्नु भएको थियो । तर पनि उहाँले आफ्नो अडान छाड्नु भएन, त्यही कुरालाई लिएर गणेशमानजीले शैलजा दिदीको स्वभावलाई लिएर दिनु भएको प्रतिक्रिया पछिसम्म चर्चित थियो– महिला, राजनीतिमा लागेको त्यसमा पनि अबिबाहित, कसले पो सम्झाउन सक्छ र !
प्रजातान्त्रिक आन्दोलनको कठिन परिक्षामा लगातार लागिरहनु भएकी कर्मठ, सहासी र इमान्दार नेत्री, जसले मन्त्री पद नै त्यागेर भ्रष्टाचारबिरुद्ध एउटा शंखघोष गर्नुभयो, भ्रष्टाचारले पुरै गाँजेको अहिलेको अबस्थामा उहाँका कथाहरू पछिल्लो पुस्ताको लागि किम्बदन्ती झैँ लाग्न सक्छ । यस्ता व्यक्तित्वलाई देशले नै बिर्सि सक्यो । जुन पार्टीमा १६ बर्षे जवानी देखि नै जेल नेल हुँदै सम्पूर्ण जीवन अर्पिदै उप सभापतिसम्म हुनु भएकी शैलजा दिदीलाई पार्टीले त सम्झिनै छाडिसक्यो । हुन त नेपाली कांग्रेसमा यो कुनै नौलो रोग त हैन, आफ्नो सन्तान राजनीतिको प्रभावशाली स्थानमा नहुने हो भने शीर्ष नेताहरू पनि बिर्सिइन्थ्यो होला चाहे वीपी हुन् वा गणेशमानजी, गिरिजाबाबु हुन वा महेन्द्रनारायण निधि ।
आफ्ना सन्तान राजनीतिमा प्रभावशाली हुन नसकेका तर आफ्ना सम्पूर्ण जीवन अनि सम्पति अर्पेका चाहे सुबर्ण शमशेर होस् वा राम नारायण मिश्र, निलाम्बर पन्थी होस् वा भरतबाबु सीके प्रसाई, बल बहादुर राइ होस् वा भिम बहादुर तामाङ, जगन्नाथ आचार्य होस् वा शेख इद्रिस । कसको पो सम्झना गरिन्छ र ? लिला, ठगि, केशब, भीमनारायण अनि क्याप्टेन यज्ञबहादुर थापा, राम–लक्ष्मण अनि थिर बम मल्लहरूलाई पार्टीले नसम्झिएको त बर्षौ भैसक्यो ।
हुनत यो ‘बुढो भएको बाजेलाई बाबुले भीरबाट फाल्न लैजादा सानो नातिले आफ्नो बाबुलाई डोको चाहि नपÞmाल्नु है’ भन्ने कथाकै परम्परा धाने जस्तै त होला नि । सबै नेताले आज आफूले निरन्तरता दिएको परम्पराको त्यो नियति त भोलि उहाँहरू आफैंले पनि भोग्नै पर्ला । तर भ्रष्टाचारबिरुद्ध एउटा आइकन भएर यस संसारबाट बिदा हुनुभएका शैलजा दिदीलाई भ्रष्टाचारबिरुद्ध लागिरहेका वा भोली पनि लाग्ने एउटा इमान्दार तप्काले सदा सम्झिरहनेछ । अरुले नसम्झे पनि बर्दियाको कन्दहारमा बर्षौ बर्ष सुकुम्बासी भएर जग्गाको लागि रोइरहने ती आँखाहरूमा आफंै फिल्डमा आएर खुशी ल्याइदिएकाहरूका सन्तान अनि दरसन्तानसम्मले भने सम्झिरहलान् ।
शैलजा दिदीको एघारौ पुण्य स्मृतिमा दिदी प्रति श्रद्धापूर्वक शब्दाञ्जली ।













प्रतिक्रिया