४ कार्तिक २०८३, बुधबार

खनालको राष्ट्रिय गीत ‘नबिर्साै वीरताको गाथा’ सार्वजनिक

364
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडाैं । सन्चारकर्मी चुरामणि खनालको राष्ट्रिय गीत “नबिर्साै वीरताको गाथा” सार्वजनिक भएको छ ।

सन्चारकर्मी चुरामणि खनालको शब्द संगीत र खनालकै आवाज साथै मनिका विश्वकर्माको आवाजमा तयार भएको नबिर्साै वीरताकाे गाथा राष्ट्रिय गीत मंगलबार सार्वजनिक भएको हो ।

गीतमा विशाल नेपाल र नेपाली वीरले देखाएको वीरतामा सीमा मिचिदा चुप बस्न नहुने, हामी नेपाली परि आए आफ्नो बलिदान दिन तयार छौ, पृथ्वीले अर्जेको मुलुकमा हामी वीर गोर्खालीका सन्तान स्वाभिमानलाइ रोज्ने छौ र भारतमा गाभिएका भूमि फिर्ता गर्नु नै हाम्रो लागी स्वाभिमान हुनेछ भन्ने संदेश दिएको छ ।

पुर्खाले अर्जेको मुलुक कहिले कसैको उपनिवेश र दलदलमा नफसेको र भारतले इतिहासदेखि नै नेपालका भूमिमा हस्तक्षेप गर्दै आएको हुँदा हेपाहा प्रवृत्तिमा चुप लागेर बस्न सक्ने अवस्था नरहेको र आफ्नो स्वाभिमानलाइ गुमाउन नहुने गीतको सन्देश छ ।

विशाल नेपालमा दार्जिलिङ, सिक्किम, कुमाउ, गडवाल पनि हाम्रै थिए जाहाँ नेपालको क्षेत्रफल अहिलेको नेपालको दोब्बर भन्दा धेरै पूर्वमा टिष्टा देखि शतलज सम्मको विशाल नेपाल भन्ने सन्देश पनि गीतले दिएको छ ।