शनिबार, ८ वैशाख २०८१
DainikNepal.com
शनिबार, ८ वैशाख २०८१

भ्रष्टाचार गर्ने जोसुकैलाई कारवाही हुन्छ : प्रधानमन्त्री ओली

दैनिक नेपाल २०७७ जेठ २८ गते १४:४६

काठमाडौँ, २८ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड–१९ रोकथाम, नियन्त्रण तथा उपचारमा भएको खर्चको हिसाब प्रक्रियागत ढंगले आउने बताएका छन् ।

प्रधानमन्त्री ओलीले सबै हिसाब प्रक्रियाअनुसार आउने भन्दै भ्रष्टाचार भयो कि ? भनेर शंका नगर्न आग्रह गरेका छन् ।

वुधबारको प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय, राष्ट्रिय योजना आयोग, राष्ट्रपति कार्यालय, उपराष्ट्रपति कार्यालयका लागि विनियोजित बजेटमाथि सांसदहरुले उठाएको प्रश्नको जवाफ दिदै उनले सो कुरा बताएका हुन् ।

प्रधानमन्त्री ओलीले कोभिड–१९ को रोकथाम, नियन्त्रण तथा उपचारमा प्रदेश र स्थानीय तहको काम गराई असाधारण रहेको भन्दै शकांको दृष्टिले नहेर्न आग्रह गरेका हुन् ।

उनले विश्वासबाट काम थालेको र असाधारण ढंगले काम भईरहेकाले उनीहरुको भावनामा ठेस पुग्ने शब्दावली प्रयोग नगर्न पनि आग्रह गरे ।

प्रधामन्त्री ओलीले भने ‘केन्द्रले प्रदेश र स्थानीय तहमा रकम पठाउँछ । दिनैपिच्छे लेखापरीक्षण हुँदैन । कामका बेला लेखापरीक्षण तर्फ केन्द्रीत पनि भएका छैनौँ । यस्तो परिस्थितिमा अविश्वासबाट थाल्नुपर्ने पनि छैन । यस्तो परिस्थितिमा तीनीहरु भ्रष्टाचार गर्नै पर्खी बसेका थिए र बजेट पाउने वित्तिकै भ्रष्टाचार गरे भन्ने पनि होइन ।’

उनले महामारीको संकटमा कसैले भ्रष्टाचार गरेको पाईए सरकारले कानुनी कारवाही गर्ने प्रतिवद्धता जनाउँदै अरुलाई लाञ्छना लगाउने र सधैँ अनियमितता भयो भन्ने प्रवृतिमा नबग्न आग्रह गरे ।

उनले भने ‘अनियमितता भयो भन्ने र लाञ्छित गर्ने प्रवृति पनि देखिन्छ । त्यो प्रवृतिमा नबग्न अनुरोध गर्दछ । कुनै पनि प्रकारको अनियमितता, भ्रष्टाचार सहदैन । छानविन गर्छ कारवाही गर्छ अनि कानुनको कठघरमामा उभ्याउछ र दोषी भएको पाईएमा कारवाही गर्छ म माननीय ज्यूहरुलाई आश्वस्त तुल्याउन चाहन्छु ।’

उनले पछिल्लो समय भ्रष्टाचारमा संलग्न जोसुकैलाई पनि कारवाही हुने गरेको भन्दै उनले त्यसो नहुने गरेको भन्दै प्रतिपक्षी दलप्रति व्यंग्य समेत गरे ।

प्रधानमन्त्रीले ओलीले भने ‘पहिले पहिले देखिदैनथ्यो । क्रप्सन हुने नदेखिने हुन्थ्यो । अहिले देखिन्छ र कारवाही भईहाल्छ । पहिलेको भन्दा अलि अनौठो हो । अहिले कारवाही हुन्छ । जोसुकैलाई पनि कारवाही हुन्छ ।’

प्रतिक्रिया
सम्बन्धित