
काठमाडौं, २८ जेठ । सीमाका विषयमा सदनमा देखिएको राष्ट्रिय एकताप्रति प्रधानमन्त्री केपी शर्मा ओलीले खुशी व्यक्त गरेका छन् ।
बुधबार बजेटमाथि उठेका प्रश्नको जवाफ दिँदै उनले यस्तो खुशी व्यक्त गरेका हुन् । लिम्पियाधुरासहित महाकाली पूर्वका भूभागलाई समेटेर जारी गरिएको नयाँ नक्साअनुसार निशान छाप परिवर्तन गर्न सरकारले ल्याएको संविधान संशोधन प्रस्तावलाई विचार गरियोस् भन्ने प्रस्ताव मंगलबार संसदले सर्वसम्मत पास गरेको थियो । स
प्रधानमन्त्री ओलीले भौगोलिक अखण्डता र आफ्नो भूमिमा हक स्थापित गर्ने साझा प्रयास भएको बताएका उनले पूर्खाले लडेर बनाएको देशमा आज आफूहरु अडेमात्र पनि सीमा जोगाउन सकिने उल्लेख गरे । राष्ट्रियताको सवालमा कसले जस लिन्छ भन्ने विषयमा चिन्ता लिन नपर्ने उनले बताए ।
यस्तै अहिले कोरोना भाइरसको संक्रमणका कारण आर्थिक गतिविधिमा समस्या आएको उल्लेख गरेका उनले नेपालमा यसको संक्रमणको दर बढ्नुको कारण भारतबाट भित्राउनु परेको नेपाली नागरिकको संख्या रहेको बताए । नेपालमा देखिएको संक्रमणको ८५ प्रतिशत कोरोना भाइरस भारतबाट आएका नागरिकमा देखिएको उल्लेख गरे ।











प्रतिक्रिया