
काठमाडौं, २८ जेठ । कर्णाली प्रदेश अस्पतालको आकस्मिक कक्षमा उपचार गराइरहेका सर्पदंशका एक जना बिरामीमा कोरोना संक्रमण पुष्टि भएपछि स्थानीय तहदेखिका अनेक निकाय र व्यक्तिको गैरजिम्मेवारीताको पोल खुलेको छ ।
सुर्खेत बराहताल गाउँपालिका–४, को क्वारेन्टिनमा बस्दै आएका ५० वर्षीय एक जना पुरुषलाई सर्पले डसेपछि मंगलबार उपचारका लागि प्रदेश अस्पताल लगे पनि ढाँटेको रहस्य खुलेको हो । ती बिरामी क्वारेन्टिनमा बस्दै आएको भन्ने औपचारिक जानकारी अस्पताललाई नदिएको कोरोना पुष्टि भएपछि खुलेको हो ।
उनको उपचारमा ४ जना चिकित्सकहरु खटिएका थिए । अहिले अस्पतालको आकस्मिक कक्ष सिल गरिएको छ । उपचारमा खटिएका चिकित्सक, एम्बुलेन्स चालक र अन्य केही कर्मचारीको स्वाब संकलन गरेर पीसीआर परिक्षणका लागि पठाइसकिएको छ ।











प्रतिक्रिया