
जनकपुर, २८ जेठ । सवारी ज्यान मुद्दामा पक्राउ गरिएका शम्भु सदाले धनुषाको सबैलास्थि इलाका प्रहरी कार्यालयको थुनुवा कक्षमा आत्महत्या गरेका छन् ।
प्रहरीको नियन्त्रणमा परेपछि लामो समयसम्म कारागारमा बस्नुपर्ने त्रासका कारण सदाले पासो लागेर आत्महत्या गरेको अनुमान गरिएको छ । उनको आत्महत्याका अन्य कारणहरूबारे विस्तृत अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । त्यसअघि उक्त घटनाका कारण उत्पन्न अवस्था नियन्त्रणका लागि प्रहरीको एउटा टोली इप्रका पठाइएको छ ।
उनले आत्महत्या गरेपछि जम्मा भएका स्थानीयले प्रहरी कार्यालयमा ढुंगामुढा गर्दा प्रहरी कार्यालयका सिसाहरु फुटेका थिए । ‘पासो लाग्नुपर्ने कारणबारे अनुसन्धान हुनेछ । अहिले स्थिति सामान्य बनाउने काममा केन्द्रित भएका छौं’, एक अधिकारीले भने,‘पासो लाग्ने मौका मिल्नेगरी थुनुवालाई किन राखियो भन्ने विषयमा पनि अनुसन्धान हुनेछ ।’
सामान्यतया कुनै पनि अभियुक्तलाई पक्राउ गरी हिरासतमा राखुन्जेलसम्म प्रहरीको रेकीसँगै आत्महत्या वा कुनै घटना घटाउनसक्ने मौका नमिल्नेगरी थुनुवा कक्षमा राखिने प्रचलन छ । ‘प्रहरीको पनि कुनै कमजोरी हुनसक्छ यस विषयमा अनुसन्धान हुने नै छ’, ति अधिकारीले भने ।
त्यसो त गएराती सबैलामै एक व्यक्तिको गोली हानी हत्या गरिएको छ । २५ बर्षिय अरुण मण्डलको गोली हानी हत्या गरिएको थियो ।











प्रतिक्रिया