७ मंसिर २०८३, सोमबार

कोरोना नियन्त्रणको ध्यानाकर्षण पत्र बोकेर बालुवाटार छिर्दैछन् कांग्रेस नेता पौडेल

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २८ जेठ । कोरोना नियन्त्रणलगायतका विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यानाकर्षण गराउन नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेललगायत बुधबार बालुवाटार जाने भएका छन् ।

कोरोना भाइरस (कोभिड–१९) नियन्त्रणलगायतका विषयमा प्रधानमन्त्री ओलीलाई सरकारी निवासमा भेटेर ध्यान आकृष्ट गराउने नेपाली कांग्रेसले जनाएको छ ।

महामारी नियन्त्रण गर्न, यसका अल्पकालीन र दीर्घकालीन नकारात्मक प्रभाव न्यून गर्न, जनताको सरोकार र आवश्यकताका विषयलाई सम्बोधन गराउनका लागि कांग्रेसले प्रधानमन्त्रीको ध्यान आकर्षण गराउनेछ ।