७ मंसिर २०८३, सोमबार

ललितपुरको टौखेलमा भेटियो शाहीको शव, हत्याको आशंका

294
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २८ जेठ । ललितपुरको टौखेलमा भाडामा बस्दै आएका ३८ वर्षीय अमित शाहीको शव फेला परेको छ ।

शवको प्रकृति हेर्दा उनको हत्या भएको प्रहरीको प्रारम्भिक अनुमान छ । दुई खुट्टा ब्यान्डेजले बाँधेको, दुई हात काटेको र घाँटी आधा काटेको अवस्थामा शाहीको शव फेला परेको हो ।

‘घटना प्रकृतिले यसलाई सहजै हत्या गरेको अनुमान गर्न सकिन्छ । कसले किन गरेको हो या अन्य कुनै कारण छ भन्नेबारे खोजीनीति भइरहेको छ’, ललितपुर प्रहरी स्रोतले भन्यो ।

बुधबार बिहानको राती २ बजे शाहीलाई बोलाएर हत्या गरिएको दाबी आफन्तको छ । यसबारे पनि बुझ्ने क्रम जारी रहेको प्रहरीले जनाएको छ ।