
काठमाडौं, २८ जेठ । लक डाउनको मोडालिटी परिवर्तन गर्न बुधबार दिउँसो मन्त्रिपरिषदको बैठक डाकिएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारी निवास बालुवाटारमा बस्ने बैठकमा लक डाउनलाई विस्तारै खुकुलो बनाउने निर्णय गर्नेछ ।
विविध क्षेत्रलाई विस्तारै कसरी खुलाउने भन्ने सन्दर्भमा कोरोना भाइरस रोकथाम तथा नियन्त्रण उच्च स्तरीय समितिको सुझावका आधारमा नै निर्णय हुने एक मन्त्रीले बताए ।
‘कतिपयल लक डाउन खुलाउन हतार गर्न नहुने सुझाव दिएका छन् । तर, प्रधानमन्त्रीले समितिलाई यसको कार्ययोजना ल्याउन भन्नुभएको थियो, प्रस्ताव आइसकेको छ त्यसका आधारमा नै निर्णय हुन सक्छ’, स्रोतले भन्यो,‘गम्भिर विषय आए त्यसमा थोरबहुत हेरफेर हुने सम्भावना छ ।’
प्रस्ताव आए पनि मंगलबार नै बैठक डाकी यसबारे निर्णय लिने सरकारको तयारी थियो । तर, त्यसलाई बुधबारका लागि सारियो ।











प्रतिक्रिया