७ मंसिर २०८३, सोमबार

बाेक्सीकाे आराेपमा दलित समुदायकी महिलामाथि निर्घात कुटपिट

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

राजविराज, २८ जेठ । सप्तरी जिल्लामा बोक्सीको आरोपमा एक मुसहर (दलित) समुदायकी महिलामाथि निर्घात कुटपिट भएको छ ।

महदेवा गाउँपालिका ४ परसाहीकी ३० वर्षीया मन्जुदेवी सदा बोक्सीको आरोपमा दोस्रो पटक कुटिएकी हुन् । उनलाई आफ्नै काका ससुराकी बुहारी भुटियादेबी सदा र उनका छोरा सन्दीपले गत आइतबार बोक्सी भन्दै कुटपीट गरेका हुन् ।

घरेलु हतियारले हान्दा उनको टाउकोमा गहिरो चोट लागेको छ । लकडाउनका कारण पतिले काम नपाउँदा घरमा भोकै बसेको बेला बोक्सी भन्दै गालीगलौज गर्दै कुटेको उनले बताइन् ।

भुटियादेवीकी जेठी बुहारीको नवजात शिशुको साताभित्रै मृत्यु भएको थियो । भुटियादेवीले मन्जुले बोक्सी मन्त्र गरेर उनलाई मारेको भन्दै कुटपिट गरेकी हुन् ।