१२ कार्तिक २०८३, बिहिबार

सिरहाका २० जनाले कोरोना संक्रमणलाई जिते

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सिरहा, २८ जेठ । सिरहाका २० जनाले कोरोना भाइरस (कोभिड–१९) संक्रमणलाई जितेका छन् ।

मंगलबार उनीहरुको तेस्रो पीसीआर रिर्पोट नेगेटिभ आएपछि डिस्चार्ज गरिएको हो। धनगढीमाई नगरपालिका ११ स्थित छपरारीमा रहेको महेन्द्र गेनाई कोभिड अस्पतालमा उपचाररत २० जना डिस्चार्ज भएका हुन् ।

उनीहरूलाई सिरहाका प्रमुख जिल्ला अधिकारी सरोजप्रसाद गुरागाई, प्रमुख सेनानी जितेन्द्र गौली, प्रहरी उपरीक्षक उमाप्रसाद चतुर्वेदीले पुष्पगुच्छा तथा संक्रमणमुक्त प्रमाणपत्र दिएर बिदा गरे ।

मंगलबार डिस्चार्ज हुनेमा जेठ ३ गते संक्रमण पुष्टि भएका सिरहाको पहिलो संक्रमित युवादेखि सिरहाका एसपी उमाप्रसाद चतुर्वेदीका सुरक्षा गार्डसमेत रहेका छन् ।