३० आश्विन २०८३, शुक्रबार

न्यूयोर्क मा भर्चुयल रुपमा अन्तर्ध्वनि लोकार्पण

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

न्युर्याेक । अन्तराष्ट्रिय नेपाली साहित्य समाज न्यू योर्क च्याप्टरको आयोजनामा अनेस स न्यू योर्ककी पूर्ब अध्यक्ष साहित्यकार पूनम काफ्लेको नवौं कृति कथा संग्रह “अन्तर्ध्वनि” को “भर्चुयल” लोकार्पण भएको छ।

भर्चुअल लोकार्पण गरिएको अन्तर्ध्वनिको नेपाली साहित्य जगतमा नै पहिलो कृति भएको छ । दुई दशकदेखि अनवरत रूपमा साहित्य सृजनामा समर्पित नारी रत्न पूनम काफ्लेका प्रकाशित कृतिहरू -भावना, छायाँ छवि, परदेशिएका पाईलाहरू, जून तारा अन्तर्धारा, गीतहरु हुदैँ अन्तर्ध्वनि सम्म प्रकाशित हुन आएको छ।

नेपाल निगमका महाबाणिज्यदूत पुष्प राज भट्टराई, अनेसास केन्द्रका अध्यक्ष राधेश्याम लेकाली, अनेसास ट्रष्टी अध्यक्ष साहित्यकार गीता खत्री, कथाकार मधुवन पौडेल, साहित्यकार डा. मधु माधुर्य, जगदीश उपाध्याय, पूर्ब च्याप्टरअध्यक्षहरू साहित्यकार ज्योति पौडेल, विकाश बिष्ट, राजेन्द्र श्रेष्ठ लगायत च्याप्टरका सदस्यहरू, सल्लाहकार र साहित्यकार रश्मी भट्ट, उपाध्यक्ष शान्ता घिमिरे, राजन महर्जन, जानुका वस्ती ढकाल, मेनका पराजुली, सिर्जना लामा, सोभा गौतम, पूर्व पदाधिकारी बेदाआचार्य, साहित्यकार सीता खरेल, साहित्यकार रश्मी भट्ट, साहित्यकार बिनोद रोका, साहित्यकार किशन सिंह धामी, किरण काफ्लेका साथै अन्य साहित्य अनुरागीहरूको पनि उपस्थित थियो ।