४ कार्तिक २०८३, बुधबार

आफ्नै मकैबारीको भ्लग बनाएर भाइरल बनेका बालक (भिडियोसहित)

8.4k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

-एसपी उप्रेती

झापा । पछिल्लो समय मानिसहरुको प्रतिभालाई सामाजिक सञ्जालहरुले सहज स्थान दिएका छन् ।

फलस्वरुप दिनदिनै निकै होनाहार प्रतिभाहरु जन्मिरहेका छन् । आफूभित्र भएको कलालाई निखार्दै युट्यूव तथा फेसबुकको प्लेटफर्म प्रयोग गरेर पछिल्लो पुस्ताहरु अघि बढीरहेका छन् ।

त्यस्तै, एक उदाहरण बन्न खोजिरहेका छन् झापाका ११ वर्षीय बालक । झापा, बाह्रदशी गाउँपालिका वडा नं. ५ का बासिन्दा आयुस खड्का अहिले केवल ११ वर्षका भए । कक्षा ६ मा पढ्दै गरेका उनी अहिलेको लकडाउनमा आफ्नो कलाको सदुपयोग गर्दै युट्यूबमा भिडियो हालिरहेका छन् ।

आफ्नै खेतमा भएको मकैबारीको विषयमा कलात्मक एवम् हाँस्यस्पद ढंगले प्रस्तुत गरेर खिचिएको भिडियो फेसबुकमा अपलोड गरेपछि आयुसको कथा बद्लियो ।

अरु भाइरल भएको देखिरहेका आयुस त्यस भिडियो अपलोड गरेपछि आफैँ भाइरल बने । उनले यस्तो होला सोचेका थिएनन् । हुन त बाल मस्तिष्कमा सिसन बानियाजस्तै बन्ने ईच्छा भने पलाइसकेको छ उनमा ।

सुरुमा गेमका भिडियोहरु युट्यूबमा हाल्ने गरेका उनलाई कसैले केही सन्देशमूलक अनि रमाइला किसिमका भिडियो हाल्न सुझाव दिए । उनले त्यसरी नेपाली मौलिकतालाई खिचेर भ्लग बनाएर हाल्न थालेको भने केही दिन मात्रै भएको छ ।

यसरी केही समयमा नै भाइरल बनेकोमा आयुस खुशी छन् । उनी आफूजस्तै साथीहरुलाई भन्छन्, सबैमा कला रहेको हुन्छ त्यही कलालाई नलुकाउनुस् बाहिर निकाल्नुस् ।

आफू पनि आफ्नै कलालाई देखाउन खोज्दा भाइरल बनेको बताउँदै आयुस आफ्नो भिडियो डिस्लाइक गर्नेलाई पनि धन्यवाद दिन्छन् । उनी भन्छन्, डिस्लाइक गरेकैले मेरो भिडियो धेरैमाझ पुगेको हो ।

यसरी सकारात्मक भएर सबैप्रति उनी आभार व्यक्त गर्छन् । आफ्नो पढाइ पनि राम्रै रहेको बताउने उनी आफ्ना बुबा आमाले आफ्नो काममा ध्यान दिनु धेरैको कुरामा नलाग्नु भन्ने गरेको सुनाउँछन् ।

आफूलाई जसले जति नै गफाडी भनेपनि नियमित आफ्नो भिडियोहरु अपलोड गर्ने आयुस बताउँछन् । भविष्यमा पनि यस्तै क्षेत्रमा लागेर अघि बढ्ने लक्ष्य रहेको उनी बताउँछन् ।

अत्याधुनिक प्रविधिको सदुपयोग गरिरहेका आयुसको सुनौलो भविष्यको शुभकामना छ ।

हेर्नुहोस् भिडियो :