
बारा, २५ जेठ । पचरौता नगरपालिका ८ लंगडाचोकबाट १ हजार दरको २ थान नक्कली नेपाली नोटसहित एक भारतीयलाई प्रहरीले पक्राउ गरेको छ ।
भारत बिहार बताउने सोही नगरपालिका ४ मामा घरमा बस्दै आएका २१ वर्षीय इमरान खाँलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको हो ।
पचरौता नगरपालिका ८ लंगडाचोकस्थित पसलमा रिचार्ज कार्ड किन्ने क्रममा खाँले जाली नोट दिएको भन्ने सूचनाका आधारमा खटिएको प्रहरीले जाँच गर्दा उनको साथबाट उक्त नोटहरु बरामद भएको हो ।
घटनाको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।















प्रतिक्रिया