गाेरखा, २५ जेठ । गोरखा जिल्लामा १० जनामा कोरोना भाइरसकाे संक्रमण देखिएको छ ।
गण्डकी गाउँपालिकाको तीन वटा क्वारेण्टाइनमा रहेका नौ जना र पालुङटार घर भई हाल जिल्ला प्रहरी कार्यालयमा थुनामा रहेका एकजनामा पोजेटिभ देखिएको हो ।
प्रदेश जनस्वास्थ्य प्रयोगशालामा शनिबार गरिएको परीक्षणमा भीमोदय आधारभूत विद्यालय खसटारको क्वारेण्टाइनमा रहेका चारजना, रत्नेश्वर मावि दर्बुङको क्वारेण्टाइनमा रहेका चार जना, ज्ञानमार्ग माविको क्वारेण्टाइनमा एकजना र हाल थुनामा रहेका पालुङटार ७ का एकजनामा पोजेटिभ देखिएको छ ।















प्रतिक्रिया