४ कार्तिक २०८३, बुधबार

सरकारले थाल्यो आर्थिक गतिविधि सुचारु गर्ने तयारी

770
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २४ जेठ । सरकारले लकडाउनकै अवधिमा आर्थिक क्रियाकलापलाई निरन्तरता दिने भएको छ ।

शनिबार कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकले आर्थिक क्रियाकलाप सुचारु गर्नेबारेको मस्यौदामाथि छलफल गरेको थियो ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको समितिको बैठकमा आर्थिक क्रियाकलाप, बैंकिङ कारोबार, कृषि जन्य उद्योग व्यवसाय र अत्यावश्यक सेवाका क्षेत्रमा सहजता दिलाउँदै जाने विषयमा छलफल भएको प्रधानमन्त्री कार्यालय सचिव नारायण विडारीले जानकारी दिए ।

लकाडाउनका कारण आर्थिक क्रियाकलाप ठप्प भएका छन् । तसर्थ जनवजीवन सामान्य बनाउँदै आर्थिक गतिविधि सञ्चालन गर्न लकडाउनको मोडालिटी परिवर्तन गर्ने तयारीमा सरकार लागेको छ ।

कोरोनाभाइरस संक्रमण रोकथाम तथा नियन्त्रणका लागि गत चैत ११ गतेदेखि जारी गरिएको लकडाउनले जनजीवन कष्टकर बन्दै गएको छ ।

त्यस्तै, व्यवसायी आक्रोशित पनि बनिरहेको अवस्थामा सरकारले मोडालिटी परिवर्तन गर्दै आर्थिक गतिविधिलाई चालयमान गराउने भएको हो ।