
काठमाडौँ, २४ जेठ । डडेल्धुरामा २ दिनकी एक सुत्केरी महिलामा कोरोनाभाइरस संक्रमण देखिएको छ ।
नवदुर्गा गाउँपालिका– ४ सिरोडकी २१ वर्षीया महिलालाई कोरोना संक्रमण भएको पुष्टि भएको डडेल्धुरा अस्पतालले जनाएको छ ।
जेठ २१ मा सुत्केरी हुन अस्पताल पुगेकी उनको २२ गते स्वाब परीक्षणका लागि धनगढी प्रयोगशालामा पठाइएको थियो । जेठ २३ गते उनले शिशुलाई जन्म दिएकी थिइन् । शनिबार उनको रिपोर्ट कोरोना पोजेटिभ आएको हो ।
शिशुसहित उनलाई अस्पतालको आइसोलेसनमा भर्ना गरिएको अस्पतालले जनाएको छ ।















प्रतिक्रिया