
काठमाडौँ, २४ जेठ । पाल्पाको एक जना वडाध्यक्ष ३ लाख घुससहित पक्राउ परेको छ ।
रैनादेवी गाउँपालिका वडा नम्बर ७ का वडाध्यक्षलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलले तीन लाख घुससहित पक्राउ गरेको हो ।
काठ लिलाम बिक्रीमा सहजिकरण गरिदिने भन्दै व्यापारीबाट ३ लाख घुस लिएको आयोगले जनाएको छ ।
उनी रुपन्देहीका सैनामैना नगरपालिकाको सालझण्डीबाट शनिबार पक्राउ परेका हुन् ।















प्रतिक्रिया