बिहीबार, १३ वैशाख २०८१
DainikNepal.com
बिहीबार, १३ वैशाख २०८१

कपिलवस्तुमा थप ४४ जनामा कोरोना संक्रमण पुष्टि

दैनिक नेपाल २०७७ जेठ २३ गते २०:५८

काठमाडौँ, २३ जेठ । प्रदेशमा ५ मा थप ४५ जना कोरोना संक्रमित थपिएका छन् ।

जसमध्ये कपिलवस्तुका मात्रै ४४ जना रहेका छन् । अर्का एक जना चाँही गुल्मीका हुन् । कपिलवस्तु यशोधरा गाउँपालिका वडा नं. ७ का ८ महिनादेखि ५२ वर्षसम्मका २९ जना रहेका छन् ।

त्यस्तै, महाराजगञ्ज १० का १३ जना र वडा नं. ९ का २ जना गरी १५ जना १६ देखि ४८ वर्षका पुरुषमा संक्रमण देखिएको प्रदेश ५ स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

यशोधरा गाउँपालिकामा मात्रै संक्रमितको संख्या १ सय ३५ जना पुगेको छ । महाराजगञ्ज नगरपालिकामा संक्रमितको संख्या ६५ पुगेको छ ।

कपिलवस्तुमा पछिल्लो तथ्यांकअनुसार संक्रमितको संख्या ४ सय ७५ जना पुगेको छ भने ३२ जना निको भएका छन् ।

प्रतिक्रिया
सम्बन्धित