बुधबार, २६ वैशाख २०८१
DainikNepal.com
बुधबार, २६ वैशाख २०८१

जेठ २५ गतेबाट सवारी साधन चलाउने उच्चस्तरीय समितिको प्रस्ताव

दैनिक नेपाल २०७७ जेठ २३ गते १८:३९

काठमाडौँ, २३ जेठ । कोरोना रोकथा तथा नियन्त्रण उच्चस्तरीय समितिले एक सयभन्दा कम कोरोना संक्रमित भएको जिल्लामा छोटो दूरीको यात्रुवाहक सवारी सञ्चालन गर्ने प्रस्ताव गरेको छ ।

चरणवद्ध रुपमा लकडाउन खुकुलो बनाउँदै खुलाउने योजना बनाएको समितिले एक सयभन्दा कम सक्रिय कोरोना केस भएका जिल्लामाा जेठ २५ गतेबाट सवारी खुलाउने प्रस्ताव गरेको हो ।

समितिले सवारी खुलाउँदा जिल्ला नकट्ने र एक पटकमा सवारी साधनको क्षमताभन्दा आधा मात्र यात्रु राख्ने गरी छोटो दूरीको सवारी सञ्चालन गर्ने प्रस्ताव रोखेको हो ।

समितिले असार १ गतेबाट सीट क्षमताका आधा यात्रु राखेर सवारी सञ्चालनको प्रस्ताव गरिएको छ ।

प्रतिक्रिया
सम्बन्धित