
काठमाडौँ, २३ जेठ । काठमाडौँको धुम्बाराहीस्थित ह्याम्स अस्पतालमा उपचाररत २ जना बिरामीमा कोरोना संक्रमण पुष्टि भएको छ ।
शुक्रबार काठमाडौँको निजी अस्पतालमा उपचारमा रहेका २ जनामा कोरोना देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए ।
मन्त्रालयका अनुसार ह्याम्समा गुल्मी र पोखराका दुई बिरामी उपचाररत छन् । उनीहरुमा संक्रमण देखिएको हो ।
गुल्मीका ७६ वर्षीय वृद्ध र पोखराका ६० वर्षका पुरुषमा संक्रमण पुष्टि भएको हो ।
अस्पतालले आवश्यक सतर्कता अपनाएर उपचार गरिरहीएको जनाएको छ ।
शुक्रबार थप २ सय ७८ जनामा कोरोना पुष्टि भएको छ । यससँगै नेपालमा संक्रमितको संख्या २ हजार ९ सय १२ जना पुगेको छ ।















प्रतिक्रिया