
काठमाडौँ, २३ जेठ । कर्णाली प्रदेशमा थप एक सय जना कोरोनाभाइरस संक्रमित थपिएका छन् । यससँगै प्रदेशमा संक्रमितहरुको संख्या ४ सय ८९ जना पुगेको छ ।
शुक्रबार कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला र प्रदेश अस्पताल सुर्खेत स्थित पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा गरिएको परीक्षणमा थप एक सय जनामा कोरोना पुष्टि भएको हो ।
नयाँ संक्रमितहरु दैलेख, जुम्ला, हुम्ला, दोलखा, रामेछाप, गोरखा, सुर्खेत र जाजरकोटका निवासीहरु रहेका छन् ।
यसमध्ये, सुर्खेतको पञ्चपुरी निवासी १८ वर्षीय पुरुषको मृत्यु भइसकेको छ । प्रदेशमा ज्यान गुमाउने उनी दोस्रो संक्रमित हुन् ।















प्रतिक्रिया