४ कार्तिक २०८३, बुधबार

शुक्रबार ४३ जना भए कोरोनामुक्त, निको हुनेको संख्या ३३३ पुग्यो

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २३ जेठ । शुक्रबार थप ४३ जना संक्रमित कोरोनामुक्त भएका छन् । यससँगै निको हुनेको संख्या ३ सय ३३ जना पुगेको छ । जसमा २७२ जना पुरुष र ६१ जना महिला रहेका छन् ।

स्वास्थ्य तथा जनसख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार शुक्रबार धरानबाट ३ जना, कोशीबाट २७ जना तथा बाँकेबाट १३ जना डिस्चार्ज भएका हुन् ।

स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म प्रदेश १ मा ७६, प्रदेश २ मा १२१, बागमति प्रदेशमा ३२, गण्डकी प्रदेशमा ३, प्रदेश ५ मा ९२, कर्णाली प्रदेशमा २ तथा सुदूरपश्चिम प्रदेशमा ७ जना कोरोना भाइरसको संक्रमणबाट मुक्त भएका हुन् ।

त्यसैगरी, शुक्रबारसम्म ८८ हजार ३ सय ६६ जनाको पीसीआर परीक्षण भएको छ । त्यस्तै, आरडीटी विधिबाट १ लाख ३२ हजार ९६६ जनाको परीक्षण भएको प्रवक्ता देवकोटाले जनाए । क्वारेन्टाइनमा १ लाख ६६ हजार ७६५ जना क्वारेन्टाइनमा रहेका छन् भने आइसोलेशनमा २ हजार ५६८ जना रहेका छन् ।