१२ कार्तिक २०८३, बिहिबार

एम्बुलेन्समा ब्राउनसुगर, तीन जना पक्राउ

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

घाेराही, २३ जेठ । कोहलपुरबाट तुलसीपुरतर्फ आउँदै गरेको रा १ च ३८९ नम्बरको तुलसीपुर उद्योग बाणिज्य संघको एम्बुलेन्सलाई ब्राउनसुगरसहित प्रहरीले नियन्त्रणमा लएको छ ।

बिहीबार राति सवा ८ बजे तुलसीपुर अमिलिया सडकको दमार गाँउमा चेकजाँच गर्ने क्रममा ब्राउनसुगर फेला परेपछि एम्बुलेन्ससहित ३ जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

पक्राउ पर्नेमा एम्बुलेन्स चालक दंगीशरण गाउँपालिका–६ श्रीगाउँ निबासी तिलक विक, घोराही उपमहानगरपालिका– बडहरा निबासी २३ बर्षका शंकर पुन र तुलसीपुर उपमहागनरपालिका– ५ निबासी १७ वर्षकी दीपा थापा रहेको प्रहरीले जनाएको छ ।

प्रहरीले युवायुवितको साथबाट करिब ६.७ मिलिग्राम ब्राउन सुगर बरामद गरेको छ । उनीहरू नक्कली बिरामी भई कोहलपुर गएर ब्राउनसुगर खरिद गरेर आएको स्रोतले जनाएकाे छ ।