१२ कार्तिक २०८३, बिहिबार

मकवानपुरमा सालकको खपेटासहित तीनजना पक्राउ

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

हेटाैँडा, २३ जेठ । मकवानपुरमा संरक्षित वन्यजन्तु सालकको खपेटासहित तीनजना पक्राउ परेका छन् ।

प्रहरीका अनुसार इलाका प्रहरी कार्यालय मनहरिबाट खटिएको प्रहरी नायब निरीक्षक जोखन बैठाको टोलीले बिहीबार सालकको खपेटासहित मनहरि गाउँपालिका–७ रमनटारका ३९ वर्षीय अमिक घलान, हेटौँडा उपमहानगरपालिका–१२ का ३२ वर्षीय लालसिं बोम्जन र चितवनको राप्ती नगरपालिका–७ खुरखुरेका ४५ वर्षीय बुधवा चौधरीलाई पक्राउ गरेको हो ।

मनहरि गाउँपालिका–७ स्थित सङ्गछेफेल गुम्बाको पछाडि लामालाई बास बस्न बनाउँदै गरेको भवनमा सालकको खापेटाको कारोवार भइरहेको भन्ने विशेष सूचनाका आधारमा प्रहरी नायब निरीक्षक बैठाको नेतृत्वमा खटिएको प्रहरी टोलीले उनीहरूलाई खानतलासी गर्दा चौधरीले बोकेको झोलाबाट ६५० ग्राम खपेटा फेला परेको प्रहरीले जनाएको छ ।

उनीहरूलाई आवश्यक कारवाहीका लागि डिभिजन वन कार्यालय राप्ती, मनहरिमा पठाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ ।