४ कार्तिक २०८३, बुधबार

बझाङमा पहिलो पटक भेटियो कोरोना

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २२ जेठ । बझाङका २६ वर्षीय एक युवकमा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

बित्थड चिर गाउँपालिका ७ का युवक जेठ १५ गते भारतको दिल्लीबाट नेपाल आएर गाउँको क्वारेन्टाइनमा बसेका थिए ।

उनको क्वारेन्टाइनमा हुँदा गरिएको परीक्षणमा कोरोना देखिएको हो ।

उनीसँगै आएका परिवारमा आमा र बच्चाको पीसीआर रिापेर्ट नेगेटिभ आएको छ । सँगै आएका १३ जनाको परीक्षण गर्दा ति युवकमा मात्रै संक्रमण देखिएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । बझाङमा पहिलोपटक कोरोना देखिएको हो ।