४ कार्तिक २०८३, बुधबार

स्वास्थ्यकर्मी कुट्ने मुख्य आरोपी पक्राउ

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सांकेतिक तस्वीर

काठमाडौँ, २२ जेठ । क्वारेन्टाइनमा खटिएका स्वास्थ्यकर्मीलाई कुट्ने मध्येका एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

रौतहटको राजपुर नगरपालिका ९ बैरियास्थित ठूलो मदरसाको क्वारेन्टाइनमा रहेका स्वास्थ्यकर्मी कुट्नेलाई प्रहरीले पक्राउ गरेको हो ।

प्रदेश प्रहरी कार्यालय, जनकपुरधाम र जिल्ला प्रहरी कार्यालय रौतहटको संयुक्ता टोलीले घटनाका मुख्य आरोपी रुस्तम मियाँलाई पक्राउ गरेको हो ।

राजपुर ९ का स्थानीय उनलाई गाउँबाटै प्रहरीले पक्राउ गरेको हो ।

स्वास्थ्यकर्मीलाई कुट्ने अन्य ३ जना फरारलाई प्रहरीले खोजीरहेको जनाएको छ ।

उनीहरुले कुट्दा सिनियर अहेव खुर्सीद आलम र रामनरेश साह घाइते भएका थिए ।