शनिबार, ८ वैशाख २०८१
DainikNepal.com
शनिबार, ८ वैशाख २०८१

बाँकेको एकै गाउँपालिकामा थप ४० जनामा देखियो कोरोना

दैनिक नेपाल २०७७ जेठ २२ गते १८:३८

काठमाडौँ, २२ जेठ । बाँकेको एउटै गाउँपालिकामा ४० जनामा कोरोना संक्रमण देखिएको छ ।

जानकी गाउँपालिकामा बिहीबार १५ देखि ३२ वर्षका ४० जना संक्रमितहरु थपिएका हुन् ।

त्यस्तै, नेपालगञ्ज उपमहानगरपालिका १२ र १५ वडाका २ जना २० र ३५ वर्षका पुरुषमा पनि संक्रमण पुष्टि भएको छ ।

बाँकेको स्वास्थ्य कार्यालयका अनुसार संक्रमितहरु क्वारेन्टाइनमै छन् । बाँकेको कोहलपुरबाहेक सात स्थानीय तहमा संक्रमण फैलिएको छ ।

यससँगै बाँकेमा संक्रमितको संख्या २ सय ५५ पुगेको छ ।

प्रतिक्रिया
सम्बन्धित