४ कार्तिक २०८३, बुधबार

युवाहरुद्वारा ५० हजारको श्रमदान

490
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

रुकुम, २२ जेठ । रुकुम पश्चिमका एक गाउका युवाहरूले श्रमदान गरी स्थानीय बाटो निर्माण गरेका छ्न ।

लकडाउनमा त्यतिकै घरमा बसेर समय खेर फाल्नुभन्दा लकडाउनको सदुपयोग गर्दै रुकुम पश्चिम आठबिसकोट १४ का युवाहरूले स्थानीय बाटो निर्माण गरेका हुन ।

युवाहरूले जनबिकास माबि ज्यामिरकोट टाकुरा जाने बाटो निर्माण गरेका हुन । दुई दिन लगाएर करिब १५ जना युवाहरूले ५० हजार बराबरको काम स्थानीय बाटो निर्माण गरिदिएका हुन् ।

साथै युवाहरुले बिद्यालयको सरस्वती मन्दिर र कृयाप्रुती बस्ने घर पनि बनाउने एक युवा बालकृष्ण मल्लले बताए । अब गाउँको बिकास गर्न आमाबुबाको मात्र युवाहरू भर पर्न नहुने अर्का युवा आदर्श मल्लले बताए ।

दुई महिनादेखि गाउँमा कुनै नयाँ मान्छेको आगमन नभएको र कोही पनि बिरामी नपरेकोले सामान्य कामकाजमा युवाहरु फर्कीएका हुन् ।