३ कार्तिक २०८३, मंगलबार

विदेशबाट नेपाली फर्काइँदै, शुक्रबार दुबई र म्यानमारबाट ल्याइने

406
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २२ जेठ । सरकारले शु्क्रबारदेखि विदेशमा रहेका नेपालीलाई स्वदेश फिर्ता गर्ने भएको छ ।

जेठ २३ गते म्यानमार र युएईबाट नेपाली लिएर जहाजहरु आउने तालिका रहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले जनाएको छ ।

नेपाली सेनाले शुक्रबार ति दुई देशहरुबाट नेपालीहरु आउँदैछन् भन्ने जानकारी विमानस्थललाई गराएको हो ।

कोभिड–१९ क्राइसिस म्यानेजमेन्ट टिम (सिसिएमसी) का अनुसार युएईबाट फ्लाई दुबइमा २ सय ३१ नेपाली भोलि स्वदेश फर्किँदैछन् म्यानमारबाट २६ जना आउने छन् ।