
काठमाडौँ, २२ जेठ । कर्णाली प्रदेशमा थप १०६ जना कोरोनाभाइरस संक्रमित थपिएका छन् ।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालामा भएको परीक्षणमा बिहीबार एकै दिन १०६ जनामा कोरोना पुष्टि भएको हो ।
नयाँ संक्रमितहरुमा दैलेखको नारायण नगरपालिकाका मात्र ६४ पुरुष र ५ महिला छन् । त्यस्तै, देवलकाँडाका १२, सोतका ९, मानटाकुराका ७, भगनीका ५, साडुका २ र बासकोटमा १ गरेर १०५ जना संक्रमित देखिएका छन् ।
त्यसैगरी मुगुको खत्याडका अर्का एक पुरुषमा संक्रमण पुष्टि भएको प्रयोगशालाका प्रमुख विवेक पुनमगरले विज्ञप्तिमार्फत् जानकारी दिएका हुन् ।
यससँगै कर्णाली प्रदेशमा कोरोना संक्रमितको संख्या २ सय १३ पुगेको छ ।
















प्रतिक्रिया