
काठमाडौँ, २२ जेठ । सप्तरीका पहिलो कोरोना संक्रमित निको भएर डिस्चार्ज भएका छन् ।
उनको पछिल्लो कोरोना परीक्षणको रिपोर्ट नेगेटिभ आएपछि गजेन्द्रनारायण अस्पतालबाट डिस्चार्ज भएको हो ।
गत वैशाख २९ गते सप्तरीको डाक्नेश्वरी नगरपालिका ३ हटैल टोलका १८ वर्षीय युवकमा कोरोना संक्रमण पुष्टि भएको थियो । उनी २५ दिनपछि डिस्चार्ज भएका अस्पतालले जनाएको छ । सप्तरीमा ति युवकसँगै ५६ जना कोरोना संक्रमित रहेका छन् ।















प्रतिक्रिया