३ कार्तिक २०८३, मंगलबार

आफूखुशी पसल खोल्दा कोरोना फैलिए कसले जिम्मा लिन्छ : मुख्यमन्त्री पोखरेल

1.1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्वीर

काठमाडौँ, २२ जेठ । प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले व्यवसायीहरुले आफूखुशी पसल तथा व्यवसाय सञ्चालन गर्दा समुदायमा कोरोना संक्रमण फैलिए कसले जिम्मावारी लिने भनेर प्रश्न गरेका छन् ।

अहिलेसम्म कोरोना समुदायमा नफैलिएको दावी गर्दै मुख्यमन्त्री पोखरेलले आफूखुशी व्यवसाय सञ्चालन गर्दा संक्रमण फैलिने जोखिमतर्फ ध्यान दिनुपर्ने बताएका छन् ।

फेसबुकमार्फत उनले यस विषयमा गम्भीर बन्न पनि आग्रह गरेका छन् ।

सरकारले कोरोना नियन्त्रणका लागि गत चैत ११ गतेदेखि लकडाउन जारी राखेको छ । पछिल्लो समय लकडाउनले चौतर्फी प्रभाव पारको बताउँदै व्यवसायीहरुले सुरक्षा विधि अपनाएर पसल/व्यवसाय खोल्ने निर्णय गरिरहेका छन् ।