१२ कार्तिक २०८३, बिहिबार

महोत्तरीकाे घटनाप्रति आयोग चिन्तित, समस्या समाधान गर्न अन्सारी सक्रिय

728
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २२ जेठ । मुस्लिम आयोगले महोत्तरी जिल्लामा शव गाड्ने ठाउँमा भएको अबरोधप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले महोत्तरी जिल्लाको रामगोपालपुर नगरपालिकामा शव गाड्ने स्थानमा कुनै पनि अबरोधहरू नगर्न आग्रह गरेका छन् ।

उनले सो विषयमा गृह मन्त्रालयलाई पत्र पठाएर महोत्तरी जिल्लामा शव गाड्न अबरोध भएको विषयलाई समाधान गरिदिन आग्रह गरेका हुन् ।

महोत्तरी जिल्लाको रामगोपालपुर नगरपालिका वडा नम्बर ८ तिउलिया बजार गोइठी बस्ने मोहम्मद हाशिमले मुस्लिम समुदायको शव गाडने कब्रगाह (शम्सान स्थल)मा रामगोपालपुर नगरपालिकाको कार्यालयले निर्माण कार्य गरेकोले सो कार्य रोक्का गरिदिनु भनी आयोगमा निवेदन दिएका थिए ।

हाशिमको निवेदनअनुसार आयोगका अध्यक्ष अन्सारीले समस्या समाधानका लागि पहल गरेको बताएका छन् ।