३ कार्तिक २०८३, मंगलबार

प्रधानमन्त्रीले गरे विज्ञहरुसँग ४ घण्टा छलफल

392
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २१ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले विभिन्न क्षेत्रका विज्ञहरूसँग करिब ४ घण्टा छलफल गरेका छन् ।

बालुवाटारमा बुधबार भएको छलफलमा लकडाउनको मोडालिटी परिवर्तन गर्नेबारे छलफल भएको थियो । विज्ञहरुसँगको छलफल लाभदायी भएको बालुवाटार स्रोतले जनाएको छ ।

विज्ञहरुले डब्लुएचओको गाइडलाइनअनुसार अघि बढ्न प्रधानमन्त्रीलाई सुझाव दिएका थिए । त्यस्तै, विज्ञको समिति बनाउन पनि प्रधानमन्त्रीलाई सुझाएका थिए ।

छलफलमा विभिन्न क्षेत्रका २५ जना विषय विज्ञको उपस्थिति रहेको थियो । प्रधानमन्त्री ओलीले आवश्यक परे पुनः विज्ञहरुसँग छलफल गर्ने जनाएका छन् ।