
काठमाडौँ, २१ जेठ । इन्जिनियरहरुले लाइसेन्सका परीक्षा पास गर्नुपर्ने कानून ल्याउन लागिएको छ ।
उनीहरुले नेपाल इन्जिनियरिङ परिषदबाट हुने परीक्षा पास गर्नुपर्ने गरी कानून निर्माण गर्न लागिएको हो । नेपाल इन्जिनियरिङ परिषद् ऐन, २०५५ लाई संशोधन गर्न बनेको विधेयक, २०७६ मा इन्जिनियरिङ व्यवसायीको रुपमा लाइसेन्स लिन नेपाल इन्जिनियरिङ परिषद्ले लिने परीक्षा पास गर्नुपर्ने व्यवस्था गरिएको छ ।
परिषदले परीक्षा नलिइ ल्याइसेन्स दिँदा इन्जिनियरहरुको गुणस्तरमा ह्रास आएको बताएको छ ।
इन्जिनियरलाई विश्वभरी प्रतिस्पर्धी बनाउने गरी परीक्षाको व्यवस्था गर्न लागिएको बताइएको छ ।
इन्जिनियरको नाम दर्ता अथवा लाइसेन्स दिँदा वर्गीकरण गर्ने, लाइसेन्सका लागि परीक्षा लिने, परिषद्को रजिस्टारको नियुक्ती खुल्ला प्रतिस्पर्धाबाट गर्ने व्यवस्था समावेश गरी संशोधन विधेयक ल्याइएको हो । समितिले विधेयकको दफावार छलफल सुरु हुनुभन्दा पहिला सम्बन्धित सरकोकारवालाहरूसँग छलफल गरेको हो ।















प्रतिक्रिया