३ कार्तिक २०८३, मंगलबार

विराटनगरमा बिहीबारदेखि १२ बजेसम्म बजार खोल्न दिने निर्णय

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौ, २१ जेठ । विराटनगरमा बिहीबारदेखि बजार खुल्ने भएको छ ।

३ जना कोरोना संक्रमित देखिएको विराटनगरमा स्थानीय व्यावसायीले बजार खोल्न माग गरेपछि प्रशासनले अनुमति दिएको हो । प्रशासनले लकडाउनलाई खुकुलो बनाउँदै बिहीबारबाट दिउँसो १२ बजेसम्म बजार खोल्न दिने भएको हो ।

जिल्ला स्तरीय कोरोना संकट व्यावस्थापन समितिको बुधबार बसेको बैठकले सो निर्णय गरेको हो ।

यद्यपि होटल, रेस्टुरेन्ट, व्यूटी पार्लर र सैलुन भने तत्काल नखुल्ने समितिले निर्णय गरेको छ । तर बजार खोल्न सामाजिक दुरी तथा स्वास्थ्य सुरक्षा सतर्कता अपनाउनु पर्ने शर्त राखिएको छ ।

सुरक्षाका विधि अपनाएको नभेटिए पसल बन्द गरिनेछ ।

यसअघि मंगलबार महानगरपालिकाले बैंक तथा वित्तीय संस्थाहरु दिनभरी खोल्न दिने निर्णय गरेको छ ।

विराटनगर भारतसँगको सीमा नाका हो । संक्रमण बढेमा के गर्ने भन्ने योजनाका साथ यस किसिमका निर्णय गर्नु उपयुक्त हुेनछ ।