३ कार्तिक २०८३, मंगलबार

६ वर्षीया बालिकाले जितिन् कोरोना

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २१ जेठ । महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालबाट कोभिड–१९ लाई पराजित गरेर छ वर्षकी एक बालिका आज घर फर्केकी छन् ।

श्वासनलीमा मासु पलाएका कारण शल्यक्रियाका लागि गत वैशाख ३० गते अस्पतालको नाक, कान तथा घाँटी विभागमा भर्ना भएकी कपिलवस्तु जिल्लाकी ती बालिकाको पिसिआर परीक्षणबाट कोरोना भाइरस पुष्टि भएपछि अस्पतालको आइसोलेसन भवनमा राखेर उपचार गरिएको थियो ।

यही जेठ १२ र १७ गते दुई पटक पिसिआर गर्दा नकारात्मक परिणाम आएपछि गत सोमबार निजको शल्यक्रिया गरिएको र त्यो सफलतापूर्वक सम्पन्न भएको अस्पतालका कार्यकारी निर्देशक प्रा डा प्रेम खड्गाले बताउनुभयो ।

शल्यक्रियापछि ती बालिकालाई श्वास फेर्न सहज भएको र कोरोनाबाट पनि मुक्त भई स्वास्थ्य लाभ भएकाले निजलाई आजै घर पठाइएको जानकारी उहाँले दिनुभयो । –रासस