३ कार्तिक २०८३, मंगलबार

बनेपामा ग्यास लिक भइ आगो लागेको घटनामा मृत्यु हुनेको संख्या ३ पुग्यो

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सांकेतिक तस्वीर

काठमाडौँ, २१ जेठ । काभ्रेको बनेपामा जेठ १६ गते ग्यास लिक भइ आगलागी भएको घटनामा मृत्यु हुनेको संख्या ३ पुगेको छ ।

बनेपा तरकारी बजारमा रत्नकुमार शाह ठकुरीको घरमा ग्यास लिक भइ आगलागी हुँदा घाइते ५ मध्ये १४ वर्षीय अनिश शाह ठकुरीको बुधबार किर्तिपुरस्थित वर्न अस्पतालमा मृत्यु भएको छ । उनको उपचारको क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यलय बनेपाले जनाएको छ ।

मंगलबार १६ वर्षीय आयुष र २६ वर्षीय रुकेश शाह ठकुरीको मृत्यु भएको थियो । घटनामा घाइते १८ महिने शिशु रचना र २४ वर्षीया सोफीको उपचार भइरहेको प्रहरीले जनाएको छ ।