
काठमाडौँ, २१ जेठ । नेपालमा गत २४ घण्टामा थप २ सय १ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले नियमित पत्रकार सम्मेलनमार्फत १ सय ७९ जना पुरुष र २२ जना महिला रहेका जानकारी दिएका छन् ।
थपिएकासँगै संक्रमितको संख्या २ हजार ३ सय पुगेको छ । जसमध्ये २ हजार १ सय ३० जना पुरुष तथा १ सय ७० जना महिला रहेका प्रवक्ता देवकोटाले जनाए ।















प्रतिक्रिया