
काठमाडौँ, २१ जेठ । २ लाख रुपैयाँ घुससहित दुई जना सहायक वन अधिकृत पक्राउ परेका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले डिभिजन वन कार्यालय ताप्लेजुङमा कार्यरत सहायक वन अधिकृत जीवनकुमार यादव र सव डिभिजन कार्यालय फुङ्लिङका सहायक वन अधिकृत वीरेन्द्रप्रसाद साहलाई पक्राउ गरेको हो ।
आयोगको इटहरी टोलीले उनीहरुलाई नगद २ लाख रुपैयाँसहित पक्राउ गरेको जनाएको छ ।
जडीबुटी निकासीमा छुट पूर्जी दिए बापत सेवाग्राहीसँग घुस मागेर २ लाख घुस लिइसकेको अवस्थामा आयोगले पक्राउ गरेको हो । उनीहरु दुवैलाई नियन्त्रणमा लिइएको छ ।















प्रतिक्रिया