
काठमाडौँ, २१ जेठ । सुनसरीको इटहरीको बजार बिहीबारदेखि खुल्ने भएका छन् ।
वुधबार बसेको इटहरी उपमहानगरपालिका, उद्योग वाणिज्य संघ इटहरी साथै स्थानीय प्रशासनबीचको बैठकले स्वास्थ्य सुरक्षाका सावधानी अपनाएर बजार खोल्ने निर्णय गरेको हो ।
विहान ७ देखि १० बजेसम्म सामाजिक दुरी कायम राखेर बजार खोल्ने उपमहानगरले जनाएको छ । त्यस्ते निजी सवारी साधन पनि चलाउन पाइने भएको छ ।
कोरोना संक्रमण नियन्त्रणका लागि गरिएको लकडाउनमा अत्यावश्यक र स्वास्थ्यका पसलहरु मात्र खोलिएका छन् ।
इटहरीमा शैक्षिक संस्था, होटल, मन्दिर, शैलुन, ब्युटीपार्लर, फिटनेस क्लब, सिनेमा हल लगायत बाक्लो जमघट हुने स्थानहरु भने खुल्ने छैनन् ।















प्रतिक्रिया