३ कार्तिक २०८३, मंगलबार

कर्णली प्रदेशमा थप १६ जनामा कोरोना पुष्टि

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठकाडौँ, २१ जेठ । कर्णाली प्रदेशमा थप १६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।

प्रदेशका थप १६ जनामा संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालय सुर्खेतको स्वास्थ्य सेवा महाशाखाले जनाएको छ । नयाँ संक्रमितहरु ४ महिने शिशुदेखि ४२ वर्षसम्मका रहेका छन् ।

३ जिल्लाका १६ जनामा संक्रमण देखिएको महाशाखाले जनाएको छ ।

प्रदेश अस्पताल सुर्खेत पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा गरिएको परीक्षणमा सल्यानको कुमाख गाउँपालिका ३ का १९ र २४ वर्षीय २ जना पुरुषमा कोरोना संक्रमण देखिएको छ । दैलेख नौमुले गाउँपालिका ८ का २५ वर्षका पुरुषमा कोरोना पुष्टि भएको छ ।

त्यस्तै, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा १३ जनामा कोरोना संक्रमण देखिएको छ । दैलेख नारायण नगरपालिका २ का २० देखि ३० वर्षका ५ जना पुरुष रहेका छन् । दुल्लु नगरपालिका २ का १७ वर्षका पुरुषमा कोरोना देखिएको छ ।

त्यसैगरी, कालिकोटको महावै गाउँपालिका २ र ४ का ४ महिनाको शिशुदेखि २२ र २८ वर्षका ३ जनामा कोरोना संक्रमण देखिएको छ ।

त्यस्तै, तिलागुफा नगरपालिका २ का २१ वर्षका पुरुष, पलौता गाउँपालिका ७ का ४२ वर्षका पुरुष, शुभकालिका गाउँपालिका ३ का २१ वर्षका पुरुष र सन्नित्रिवेणी गाउँपालिका २ की २० वर्षकी युवतीमा कोरोना संक्रमण देखिएको महाशाखाले पुष्टि गरेको हो ।

यससँगै कर्णाली प्रदेशमा कोरोना संक्रमितको संख्या २ सय ७१ जना पुगेका छन् ।