४ कार्तिक २०८३, बुधबार

नेपाल आएकी मनीषा काेइराला क्वारेन्टाइनमा

8.1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

भैरहवा । अभिनेत्री मनीषा कोइराला स्थलमार्गबाट भैरहवाकाे बेलहिया नाका हुँदै स्वदेश आएकी छिन् ।

लम्पियाधुरासहितको नेपालले नक्सा सार्वजनिक गरेपछि उनले दिएको प्रतिक्रियालाई लिएर भारतीय संचारमाध्यमले उनलाई विवादमा तानका थिए ।

मंगलबार कोइराला स्वदेश फर्किएको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी महादेव पन्थले बताए । उनी आफ्नो बुबा र आमासँगै निजी गाडीमा स्वदेश आएकी हुन् ।

सीमा पुगेकी उनलाई नेपाली सेनाको एक टोलीले तत्काल पिकअप गरेर लगेको प्रत्यक्षदर्शीले बताएका छन् । सीमामा उनी र उनको परिवार धेरै बेर रोकिनु परेन ।

भारतबाट नेपाल आएकी काेइराला र उनकाे परीवार क्वारेन्टाइनमा बसेकाे छ ।