३ कार्तिक २०८३, मंगलबार

ट्रकले स्कुटरलाई ठक्कर दिँदा एकको मृत्यु

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

हेटौँडा, २० जेठ । कान्तिलोकपथ अन्तर्गतको हेटौँडा उपमहानगरपालिका–६ चौघडामा आज दिउँसो ४ बजे सवारी दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाले दिएको जानकारीअनुसार बा २ क ७११० नंको ट्रकले अनटेष्ट स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालक करिब ४० वर्षीय श्यामफुल बलामीको मृत्यु भएको हो ।

ट्रकको ठक्करपछि घाइते भएका बलामीलाई उपचारका लागि हेटौँडा अस्पताल लगिएको थियो ।

उनको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । –रासस